धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै थोपल खोलामा भेटिएको शवको पहिचान खुलेको छ ।
मंगलबार बिहान भेटिएको शव नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्याउलीका ३६ वर्षिय राजकुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।
शवको धादिङ अस्पतालमा पोष्टमार्टम पछि आफन्तले बुझेका छन् । थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1






