ईश्वर थापा मगर
धादिङ, ६फागुन २०८१।
धादिङको निलकण्ठ नगरपालिका वडा नं ९ स्थित सल्लाघारी पहरेपाखा सामुदायिक वनको जंगलमा वन डडेलो तथा आगलागी नियन्त्रण सम्वन्धी संयुक्त कृतिम अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङद्धारा डडेलो नियन्त्रण सम्वन्धी कृतिम अभ्यास गरिएको हो ।
नेपालमा ९५% भन्दा बढी डढेलो लापरवाहीको कारणले हुने गरेकोले यसलाई रोक्न सके मात्रै पनि डडेलोबाट हुने ठूलो धन जनधनको क्षतिलाई रोक्न सकिने डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत आचार्यले बताउनुभयो ।
५२ प्रतिशतभन्दा बढी वन क्षेत्रले ढाकेको धादिङ जिल्लालाई आगलागीबाट बचाउन यस्ता कृत्रिम अभ्यासहरू हुनु पर्छ भन्दै आवश्यक सूचना तथा सञ्चार आर्दानप्रदान गर्न र डडेलो नियन्त्रणको लागि आवश्यक उपकरणहरूको व्यवस्था गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो।
आगलागीलाई प्राकृतिक विपत्तिको रूपमा लिँदै यसलाई कसरी नियन्त्रण गर्ने र मानवीय तथा भौतिक क्षति हुन नदिन यस्ता कृत्रिम अभ्यासहरू हुन जरुरी रहेको निलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माले बताउनुभयो ।
आगलागी तथा डडेलो नियन्त्रण सम्बन्धी कृतिमा अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे। डिभिजन वन कार्यालय डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्य नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्मा सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मी थपलिया नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराइली तथा पत्रकारहरूको उपस्थितिमा कृत्रिम अभ्यास कार्यक्रम गरिएको थियो।






