धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै थोपल खोलामा एक जना पुरुषको शव भेटिएको छ ।
थोपल खोला किनारा नजिकै एक जना पुरुषको शव भेटिएको भन्ने जानकारी आएकोले ईनिस्पेक्टरको टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता शुभाष हमालले बताउनुभयो । हमालका अनुसार थोपल खोला माथी रहेको झोलुङ्गे पुलको सिधा तल बगरमा घोप्टाे परेकाे अवस्थामा शव रहेको र घटनाको बिस्तृत विवरण नआईसकेको बताउनु भयो । स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि मात्रै घटनाबारे भन्न सकिने प्रहरीले जनाएको छ ।






