धादिङ । नीलकण्ठ नगरपालिका वडा न ९ पाल्पा भञ्ज्याङका स्थानियहरु खाने पानी नपाएको भन्दै आन्दोलित भएका छन् ।

२०३९ साल देखि आफुहरुले उपभोग गर्दै आएको पानी आफुहरुको जानकारी विना नै पानी लगेको र नीलकण्ठ नगर पालिका वडा न ९ मुखियाटोलको वासिन्दाहरु पानीको गाग्री अंखरा वाल्टिन सहित वडा कार्यालयमा नारा जुलुस सहित आन्दोलित भएको स्थानिय ठाकुर परियारले वताए ।

आफुहरुले पटक पटक खानेपानी को बियषमा वडा कार्यालयलाई जानकारी गराउदा पनि वेवास्था गरेपछि वाध्य भएर आन्दोलन गर्नु परेको परियारले वताए । लामो समय देखि उपभोग गर्दै आएको विरुवा खोलाको पानी  गत वर्ष देखि नीलकण्ठ नगरपालिका वडा नं ८ ले लगेको र मुखियाटोलका वासिन्दाले अहिले आएर पिउनेपानीको समस्य भोग्नु परेको स्थानियहरुले वताएका छन् ।

बिरुवाखोलाको पानी वडा नं ८ का वासिन्दले लाने वेलामा आफुहरुले एक धारा मुखियाटोललाई छाड्न भनेको तर वेवास्था गरेको कारण मुखियाटोलका वासिन्दाले पानी नपाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0