काठमाडौं । आज नयाँ बर्ष । विक्रम संवत् २०८२ को पहिलो दिन । वैशाख १ गते देशभर शुभकामना साटासाट गर्दै उत्साहका साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्ने दिन, वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति हो । यो वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् शाश्वत छ भनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् ।

सूर्य मेष राशिमा प्रवेश गर्दा नयाँ वर्ष सुरु हुन्छ र मीन राशि छोड्दा पुरानो वर्ष सकिन्छ। यो वैज्ञानिक छ भनी विद्वानहरूको बुझाइ छ। यो संवत्मा सौरमान र चान्द्रमानको समन्वय पनि छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।

आज हरेक व्यक्तिले गत वर्षका कामको सफलता र असफलता मूल्याङ्कन गर्छन्। असफलता दोहोरिन नदिने र सफलता हासिल गर्ने योजना बनाउँछन् । बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मन्दिरमा पूजा गर्ने, मीठो खाने, साथीभाइ र आफन्तसँग भेटेर शुभकामना साट्ने गरिन्छ । विश्वभरका नेपालीले वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउँछन् ।

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुने नयाँ संवत्सर चैत १७ देखि नै सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0