धादिङ बेसी  :- आज मिति २०८२/०१/०२ गतेका दिन नव वर्ष २०८२ को अवसर पारेर लाईन्स क्लब अफ धादिङ मण्डलीका सदस्य लायन पुरुषोत्तम कोईराला द्वारा आमाको माया छात्राबासमा रहेका २६ जना बिद्दार्थीहरुलाई  गर्मी मौसममा लगाउने कपडा बितरण गर्नु भयो ।
झण्डै रु १४५०० बराबरको कपडा उपलब्ध गराउनु भएको छात्राबासका सदस्य कृष्ण बद्री पौडेलले बत्ताउनु  भयो । छात्राबासका अध्यक्ष डा. नबिन बन्धु पहाडीले सहयोग गरेकोमा धन्यवाद दिनु भयो । लामो समयदेखि धादिङ बेसी शान्त बजारमा कपडाको फेन्सी पसल गर्दै आउनु भएका सफल ब्यबसायी पुरुषोत्तम कोईरालाले यो भन्दा अगाडी बेनीघाट रोराङमा पनि सहयोग गर्नु भएको थियो । आमाको माया छात्राबासमा अभिभावक नभएका ३० जना बालकहरु कक्षा १ देखि ब्याच्लर सम्म अध्ययन गर्दछन । छात्राबासमा रहेकाहरुलाई यसरी नै कपडा , खाद्द्यन , स्टेश्नरी हरु सहयोग लिएर चलाईएको  बत्ताउनु हुन्छ सस्थाका अध्यक्ष पहाडी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0