धादिङ । ऐतिहासिक महत्व बोकेको चौताराहरु सरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको पौडलहरुले भने चार पुस्ता पुरानो चौताराको पुनःनिर्माण गरेका छन् ।
सामाजिक सेवाका क्षेत्रमा दार्खाली पौडेल समाजको सक्रियतामा “साविकको दार्खा ७” हाल खनियावास गाँउपालिका वडा न ४ गणेशकुण्ड माध्यामिक विद्धालय भन्दा माथि रहेको ऐतिहासिक चौताराको पुनःनिर्माण गरिएको हो ।
वडा कार्यालयबाट विनियोजित करीब दुई लाख रुपैयाँ र बाँकी नपुग रकम पौडेल सेवा समाजको लागतमा पौडेल चौताराको पुनःनिर्माण कार्य सम्पनन् भएको दाखाली पौडेल समाजले जनाएको छ ।

“पुनः निर्माणका लागि वडा कार्यालयबाट विनियोजित रकमका साथै दाखाली पौडेल समाजले सहयोग गरेका छन्, अझै केही काम गर्नबाँकी रहेकोले अपुग हुने रकम दार्खाली पौडेल समाजले सहयोग गर्नेछौँ”, प्रतिवद्धता दार्खाली पौडेल समाजका सचिव शिव पौडेलले बताउनुभयो । 
पुनः निर्माणका गरिएको चौतारामा धारा, बिजुली बत्ती, आराम गर्ने फलामे बेन्ची, डस्बीन समेतको ब्यबस्थापन गरिएको छ ।
साथै उघाङ , बिसान खानेपानीको लागी पनि सहयोग गरेको स्मरण गराउदै आफुहरुले यस ठाउको विकासको लागि हरतरहले लागि रहने शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले बताउनुभयो ।
पुनः निर्माण गरेको चौतारो हस्तान्त्रण कार्यक्रमको अध्यक्षता स्थानिय समाजसेवी याङ्जारोङ तामाङले गर्नु भएको थियो । कार्यक्रममा दार्खाली पौडेल समाजका सचिव शिव पौडेल ,शितल छहारीको उपाध्यक्ष बिक्रम पौडेल, भिमसेन पौडेल, नवराज पौडेल लगायतको उपस्थिति रहेको ।






