नुवाकोट ,२०८३ कार्तिक १९ गते
बाजुरा जिल्लाको त्रिवेणी गाउँपालिका घर भई नुवाकोटको विदुर नगरपालिका–बटारमा होटल मजदुरका रूपमा कार्यरत एक परिवारलाई शीतल छहारी नेपालले न्यानो कपडा, लत्ताकपडा तथा नगद सहयोग उपलब्ध गराएको छ।
श्रीमान्–श्रीमती र एक छोरा तथा एक छोरीसहित चार सदस्यीय परिवारलाई जाडोयाममा राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको शीतल छहारी नेपालका सदस्य विजय पौडेलले जानकारी दिनुभयो।
पैरेवी अनलाइनका निर्देशक श्याम मगरातीको समन्वय तथा अनुरोधमा शीतल छहारी नेपालका अध्यक्ष कृष्णबद्री पौडेलले आवश्यक सामग्री खरिद गरी सहयोग उपलब्ध गराउनुभएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा शीतल छहारी नेपालका अध्यक्ष कृष्णबद्री पौडेल, पैरेवी अनलाइनका निर्देशक श्याम मगराती र संस्थाका सदस्य विजय पौडेलको उपस्थिति रहेको थियो।









तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।