बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार, से ००१ च ४३७६ नम्बरको जीप आज बिहान करिब ८ः४५ बजे ब्रेक फेल भएर दुर्घटनामा परेको हो। सडकबाट करिब २० मिटर तल खोलामा खसेको जीप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ का गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले जानकारी दिएका छन्।
दुर्घटनामा छ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था, उद्धार तथा उपचारसम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ।









तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।