मङ्लबार, ८ मंसिर २०८३

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

धादिङ — धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहान करिब ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय बरुण प्रसाद भट्ट गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि प्रहरीले टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी अन्दाजी ३३ वर्षीय गोविन्द घलान रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक ईश्वर थापा मगर

सम्पादक

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।