धादिङ – नीलकण्ठ नगरपालिका–८, ससहा देउरालीमा फास्ट चार्जिङ स्टेशन सहितको आधुनिक होटल धादिङ सेकुवा एण्ड फेमिलि रेष्टुरेन्ट को औपचारिक शुभारम्भ गरिएको छ।

स्थानीयस्तरमा व्यवसायिक विकास र प्रविधिसँग सुसज्जित सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको यो होटलमा सवारी साधनका लागि फास्ट चार्जिङ स्टेशनको समेत व्यवस्था गरिएको छ। विद्युतीय सवारी साधन (इभी) को बढ्दो प्रयोगलाई ध्यानमा राख्दै यो सुविधा सञ्चालनमा ल्याइएको हो।

होटलमा स्थानिय स्वादको प्रतिनिधित्व गर्नेगरि मगर समुदायको परिकार तथा प्रख्यात पोर्क सेकुवा, लोकल भालेको मासु, फापरको ढिडो लगायतको स्वाद लिनसकिने सञ्चालक राम आले मगरले जानकारी दिए । होटल सञ्चालक आलेका अनुसार यात्रुहरूलाई सहज सेवा दिनुका साथै स्थानिय उत्पादन तथा रोजगारी प्रवर्द्धन गर्नु पनि यस व्यवसायको उद्देश्य रहेको बताएका छन् ।

एक पटकमा हाललाई २ वटा सम्म ईभि सवारी साधन चार्ज गर्न सकिने र निकट समयमा नै २ वटा थप्ने योजना रहेको छ । आधा घन्टामा पुर्णरुपमा चार्जिङ गर्न सकिने गरि फास्ट चार्जिङ रहेको छ ।

शान्त तथा रमणिय दृश्य अवलोकनको गर्दै पारिवारिक वातावरणमा बिबाह, ब्रतवन्ध, जन्मउत्सव आदिको लागी पाटी समेत गर्न सकिने सञ्चालकले जनाएको छ । धादिङबेसीबाट मात्र १० मिनेटमा पुग्न सकिने ससाहमा चार्जिङ स्टेशन खुलेपछी विधुतिय सवारी साधन चार्जिङको लागी राजमार्ग नै जानुपर्ने बाध्यता हटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0