धादिङ, २०८२ जेठ — नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड), गजुरी अन्तर्गत त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड खण्डमा सडक स्तरोन्नति कार्यका कारण मिति २०८२ जेठ १० गतेदेखि जेठ २५ गतेसम्म दैनिक विहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म आंशिक रूपमा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय, धादिङले एक सार्वजनिक सूचना प्रकाशित गर्दै सडक प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

नागढुङ्गा–नौबिसे खण्डको कि.मि. ०.००० देखि १.८०० सम्मको सडक खण्डमा सुधार र स्तरोन्नति कार्य गरिनेछ। निर्माणको सहजताका लागि सो समय अवधिमा भारी तथा हलुका सवारी साधनहरू रोकिने जनाइएको छ।

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडौंबाट छुट्ने सवारी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौंतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ । सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले साना तथा मझौला सवारीका लागि निम्न वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ:

  1. सीतापाइलारामकोट–धार्केसहक मार्ग
  2. सामाखुशीटोखा–छहरे–त्रिशुली(विदुर)–गल्छी सडक

निर्धारित समय अर्थात् दिउँसो ३:०० बजेपछि मात्र रोकिएका सवारी साधनहरू चल्न पाउने जनाइएको छ। साथै, सवारी चलाउँदा ट्राफिक नियम पालन गर्न, लेन अनुशासन कायम राख्न, सवारी लामवद्ध हुँदा अवाञ्छित बिचलन नगर्न र शान्तिपूर्ण रूपमा सवारी सञ्चालन गर्न समेत अनुरोध गरिएको छ।

योजना कार्यालयले एम्बुलेन्स तथा सुरक्षा निकायका सवारी साधनहरू भने निर्वाधरूपमा सञ्चालन हुने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0