धादिङ, असार ५
नेकपा (एमाले) धादिङ जिल्ला कमिटीले आगामी असार ७ गते प्रतिनिधि परिषद बैठक आयोजना गर्ने भएको छ। बैठकको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने भएको छ।

जिल्ला सचिव राधिका सापकोटाका अनुसार, बैठकमा जिल्लास्तरीय अधिवेशनमा सहभागी प्रतिनिधिहरू, जिल्ला कमिटी सदस्यहरू तथा विभिन्न पालिकाबाट प्रतिनिधित्व गर्ने गरी ५७८ जनाको सहभागिता रहनेछ।

कार्यक्रममा पार्टीको हालसम्मको कामकाजको समीक्षा, आगामी कार्ययोजना निर्माण, तथा विधान संशोधनसम्बन्धी सुझाव संकलन लगायतका विषयमा समूहगत छलफल हुने जनाइएको छ। यसका लागि प्रत्येक पालिकाअनुसार समूह बनाएर प्रस्तुति दिने व्यवस्था गरिएको छ।

सचिव सापकोटाका अनुसार, प्रतिनिधि परिषद बैठकबाट पार्टीभित्रको संगठनात्मक सुदृढीकरणका साथै आगामी दिनमा सञ्चालन हुने गतिविधिलाई प्रभावकारी बनाउन मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0