पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडक खण्ड दुई दिनका लागि रातिको समयमा बन्द हुने भएको छ।
मुग्लिन–नारायणघाट सडक योजना पूर्वी खण्डका अनुसार भोलि (आइतबार) रातिदेखि मङ्गलवार बिहानसम्म प्रत्येक रात १० बजेबाट ३ बजेसम्म दैनिक पाँच घण्टा सडक बन्द हुनेछ।

सडक निर्माण अन्तर्गत रहेका नयाँ पुलहरूमा गडर राख्ने कार्यका लागि रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जनाइएको छ।
यस अवधिमा काठमाडौँतर्फ जाने सवारीसाधन मलेखु, मझिमटार र वेनीघाटतर्फ रोकिनेछन् भने नौबिसेबाट मलेखु जान खोज्ने गाडीलाई बैरेनी र आदमघाटमा रोकिने व्यवस्था मिलाइएको छ।
सडक बन्द भएको समयमा दमकल, एम्बुलेन्स, सुरक्षाकर्मी प्रयोगमा प्रयोग हुने सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ।
यस सम्बन्धमा धादिङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सबै सवारीधनी तथा यात्रुलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।






