धादिङ — धादिङ अस्पतालले आजदेखि डायलसिस सेवा विस्तार गरेको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सहयोगमा थप दुईवटा डायलसिस मेसिन उपलब्ध गराइएपछि अस्पतालमा अहिले पाँचवटा मेसिनबाट सेवा दिइने भएको हो।

धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले सेवा विस्तार सम्बन्धी जानकारी दिँदै अब तीन सिफ्टमा डायलसिस सेवा सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार यसरी सेवा सञ्चालन गर्दा दैनिक करिब ३५ जना मिर्गौलाका बिरामीले सेवा पाउनेछन्।

“यसअघि तीनवटा मेसिनबाट मात्र सेवा दिइँदै आएको थियो,” डा. अधिकारीले भन्नुभयो, “अब पाँचवटा मेसिनबाट तीन सिफ्टमा सेवा दिँदा बिरामीलाई धेरै सहज हुनेछ।”

यस सेवाबाट धादिङ जिल्लाका साथै आसपासका जिल्लाका मिर्गौला पीडित बिरामीहरूलाई उपचारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। सेवा विस्तारसँगै बिरामीहरूलाई काठमाडौंजस्ता ठूला अस्पताल धाउनु पर्ने झन्झट पनि घट्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0