Screenshot

धनगढी, साउन ६ –
जिल्ला कैलालीको डिभिजन वन कार्यालय, धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले यादवलाई सात लाख एकतीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

सूचना एवं उजुरीका आधारमा यादवले कैलाली जिल्ला अन्तर्गत चुरे गाउँपालिका वडा नं. ६ मा पर्ने ग्वासी सामुदायिक वनको घाटगड्डी गरिएको काठको बिमर्का तथा छोडपूर्जीका लागि सेवाग्राहीसँग रिश्वत माग गरेको पाइएपछि उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवलाई आज मिति २०८२ साउन ५ गते घुससहित नियन्त्रणमा लिइएको हो र हाल थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0