धादिङ, ६ साउन २०८२
धादिङ अस्पतालको आज बसेको बोर्ड बैठक विवादित बनेको छ। बैठकमा स्वास्थ्य संस्था रहेको स्थानीय पालिकाबाट प्रतिनिधित्व गर्दै आएका निर्वाचित जनप्रतिनिधि नीलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष तथा प्रवक्ता प्रकाश कुमार श्रेष्ठलाई धादिङ अस्पतालका अध्यक्ष राधिका सापकोटाले “अधिकारिक सदस्य होइन” भन्ने अभिव्यक्तिपछि बैठक बहिष्कार गरी बाहिरिएको अध्यक्ष श्रेष्ठले त्रिकोण खवरलाई जानकारी दिए।
![]()
अध्यक्ष श्रेष्ठका अनुसार आफू प्रदेश स्वास्थ्य ऐन २०८१ को परिक्षेद ४(क) को दफा २६ उपदफा २(ख) अनुसार पालिकाबाट नियुक्त भएर विगत तीन वर्षदेखि अस्पताल व्यवस्थापन समितिमा सहभागी हुँदै आएका थिए। तर अस्पताल व्यवस्थापन समितिका अध्यक्षले आजको बैठकमा उनलाई “अधिकारिक सदस्य नभएको” दाबी गर्दै बैठकमा सहभागि नगराउने भनेपछि उनी बैठकबाट बाहिरिएका हुन्।
यसअधि आफु विगत ३ बर्ष देखि प्रदेश स्वास्थ्य ऐन अनुसार पालिकाबाट प्रतिनिधित्व हुने सदस्यको औपचारिक सहभागितालाई स्वीकार गर्नु र आज आएर बैठक सदस्य नै नभएको भन्ने अभिव्यत्ति प्रति के स्थानीय सरकारको प्रतिनिधित्वमाथिको अवमूल्यन होइन भन्ने प्रश्न समेत गरेका छन्।
अस्पताल व्यावस्थापनले बैठ्कमा सहभागीताको लागि औपचारिक पत्र आएपछि गएको भन्दै यदि वैधानिक सदस्य नै होइनन् भने विगतमा अस्पताल प्रशासनले मेरो नाममा पत्राचार किन गरेको हो भन्ने जिज्ञासा समेत राखेका छन्।
अस्पताल व्यवस्थापन समितिको सदस्यको हैसियतले आफूले उठाउँदै आएको सुधारका मुद्दालाई व्यवस्थापन समितिले गम्भीर रूपमा नलिएको आरोप लगाउँदै उनले बाँकी विषयवस्तुहरू सार्वजनिक गर्ने चेतावनी पनि दिएका छन्।
बैठ्कमा सहायक प्रमुख जिल्ला अधिकारी माेहन प्रसाद न्याैपाने र अस्पताल व्यावस्थापन समितिका सदस्य रमेश पाैडेल समेत बैठ्क छाेडि बाहिरिएका थिए ।
यसबारे अस्पताल व्यवस्थापन समितिका अध्यक्षको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।







