बद्री पौडेल ,

ससाह  , धादिङ

नीलकण्ठ नगर पालिका वडा न ८ ससाह मा आज सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ , वडा न ८ को सामाजिक सुरक्षा भत्ता राष्ट्रीय वाणिज्य बैक शाखा कार्यालय धादिङबाट बितरण गरिन्छ , आज  ससाहमा स्थलगत नै बितरण  गरिएको हो ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठ , सदस्य छबी प्रसाद काप्री समेतको उपस्थिति रहेको थियो , नबिकरण गरेर मात्र भत्ता पाउने प्रबधान रहेको छ , अशक्त हरुलाई घर दैलोमा नै सेवा पुर्याएको  अध्यक्ष प्रकाश  श्रेष्ठले बताए । वडा न ८ को सामाजिक सुरक्षा भत्ताको खाता र अर्को उपभोक्त्ताहरुको खाता पनि  रा. वा बैकमा नै खोलिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0