चितवन, साउन ११ — आजदेखि चितवनका केही क्षेत्रमा दिनको दुईपटक गरी कुल ६ घण्टासम्म लोडसेडिङ लागू गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले विद्युत् आपूर्तिमा देखिएको समस्याका कारण लोड व्यवस्थापनका लागि लोडसेडिङ तालिका सार्वजनिक गरेको हो।

विद्युत् प्राधिकरणका अनुसार, हालको अत्यधिक गर्मी र रोपाइँको समय परेकाले सिँचाइ प्रयोजनका लागि विद्युत् माग अत्यधिक बढेको छ। भरतपुरस्थित १३२/३३ केभी सबस्टेशनबाट चलिरहेको ३३ केभी डग कन्डक्टर तारले ३०० एम्पिएरसम्म मात्र वहन क्षमता भए पनि हाल ४५० एम्पिएरको लोडले समस्या उत्पन्न भएको हो।

लोडसेडिङ तालिका (११ साउनदेखि लागू)

फिडर क्षेत्र लोडसेडिङ समय

नारायणी–माडी बिहान ६:००–९:०० र दिउँसो ३:००–६:००
मेघौली–विजयनगर–शुक्रनगर बिहान ९:००–१२:०० र बेलुका ६:००–९:००
जगतपुर–रामपुर दिउँसो १२:००–३:०० र राति ९:००–१२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0