काठमाडौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया हाललाई स्थगित गरेको छ।
विभागले सोमबार सूचना जारी गर्दै छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा हालै सरकारले गरेको संशोधनअनुसार अब अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुने व्यवस्था लागू भएको जानकारी दिएको हो।
संशोधित ऐनको दफा ७ (ख) अनुसार अब अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्ति वा संस्थाले तोकिएको दस्तुरसहित स्थानीय प्रशासन (जिल्ला अधिकारी) समक्ष निवेदन दिनुपर्नेछ। स्थानीय प्रशासनले आवश्यक जाँचबुझपछि मात्र दर्ता स्वीकृति दिने व्यवस्था गरिएको छ।
विभागले यसअघि ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३’ बमोजिम दर्ता तथा नवीकरणको प्रक्रिया सञ्चालन गर्दै आएको थियो। तर, नयाँ कानुनी व्यवस्था लागू भएसँगै त्यसलाई समायोजन गर्नुपर्ने आवश्यकता भएकाले दर्ता र नवीकरण कार्य स्थगित गरिएको विभागले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0