धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाद्वारा आयोजना गरिएको गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

“महिला पनि सक्षम छन्” भन्ने मूल विषयवस्तुलाई केन्द्रमा राखी आयोजना गरिएको प्रतियोगितामा महिलाको क्षमता र सशक्तीकरणलाई समाजमा प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले यस्ता प्रतियोगिताले समाजमा रहेकाे बिकृति बिसंगतिहरू न्युनिकरण गर्दै महिला सशक्तीकरणमा ठूलो टेवा पुग्ने बताउनुभयाे।

प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । तीज गीत प्रतियोगितामा अभियान नारी आमा समूह प्रथम, सिद्धि गणेश आमा समूह द्वितीय, लालीगुराँस आमा समूह तृतीय र नाना आङ्गा महिला समूह सान्त्वना घोषित भएका छन् ।

गाउँपालिकाकी उपप्रमुख सितामाया चौदेन तामाङको सभापतित्व तथा गाउँपालिकाका प्रमुख मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, महिला समूह र समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0