धादिङ — नीलकण्ठ नगरपालिका–१०, ढोडेनी ज्यामरुङमा दलित समुदायका एक युवकमाथि निर्वाचित जनप्रतिनिधिबाटै जातीय विभेद र कुटपिट भएको घटना सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङमा दिएको जाहेरीअनुसार, स्थानीय २६ वर्षीय रामबहादुर विसुन्केले वडासदस्य समेत रहेका हिम प्रसाद पाठकले आफूलाई जातीय भेदभाव गर्दै अपशब्द प्रयोग गरेर कुटपिट गरेको आरोप लगाएका छन्।
विसुन्केले जाहेरीमा उल्लेख गरेअनुसार, २०८२ साल साउन १९ गते दिउँसो करिब १२:३० बजे खेतमा रोपाइँ गर्ने क्रममा पानी प्रयोग गर्ने विषयमा विवाद भएपछि पाठकले ‘ओइ सार्की, चमारे, सिनो खाने जात, काले साला खाते’ भन्दै जातीय अपशब्द बोलेका थिए। त्यसपछि उनले पाइप खोसेर फ्याँक्नुका साथै लछारपछार गर्दै प्राणघातक धम्की दिएकाे जाहेरीमा उल्लेख छ।
घटनापछि पाठक रिसले चुर भई घर फर्किएर धारिलो हतियार खुडा बोकेर विसुन्के मर्ने धम्की दिदै झम्टिन खोजेका थिए। सो क्रममा पाठककी जीवनसाथीले खुडा खोस्न खोज्दा खुडा हुर्याएको र पछि श्रीमतीले खुडा लुकाउँदै घर भित्र लगेको भिडियो प्रमाणसहित पीडितले प्रहरीलाई बुझाएका छन्।
विसुन्केले प्रहरीमा दिएको जाहेरीमा आफूले नै भोट हालेर जिताएका स्थानीय जनप्रतिनिधिबाटै यस्तो विभेद र हिंसा भोग्नुपरेको भन्दै कारबाहीको माग गरेका छन्। उनले “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” विपरीतको काम भएकाले कानुनअनुसार दोषीलाई कारबाही गर्न माग गरेका हुन्।
घटनापछि विसुन्के भागेर जिल्ला प्रहरी कार्यालय धादिङ पुगेका थिए। प्रहरीका अनुसार आरोपित पाठकलाई फोनमार्फत बोलाउँदा ‘मेरो केही काम छैन, म त्यहाँ आउँदिनँ’ भन्ने जवाफ दिएपछि पीडितले ठाडो निवेदन दर्ता गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकारीले महिला, दलित, बालबालिकासम्बन्धी मुद्दामा प्रहरी र कानुन निर्मम रहने प्रतिबद्धता व्यक्त गर्दै सत्य तथ्य छानबिन सुरु भएको बताए। “दोषी देखिए पद, पावर वा अनुहार नहेरी कानुनअनुसार कारबाही हुन्छ,” प्रहरी अधिकारीले बताए।
जाहेरीअनुसार, आरोपित पाठकको उमेर करिब ४५–४६ वर्ष, उचाइ करिब ६ फिट, गहुँगोरो वर्णका र नीलकण्ठ–१० ढोडेनी निवासी हुन्।
पीडित विसुन्केले आफूले संरक्षण पाउने आशामा भोट दिएर निर्वाचित गरेको जनप्रतिनिधिबाटै उल्टो विभेद र हिंसा सहनुपरेको दुखेसो पोखे। “संरक्षक हुनु पर्ने जनप्रतिनिधिबाटै हिंसा सहनु परेको छ, अहिले प्रहरी संरक्षण खोज्नुपरेको छ,” उनले भने।
यो घटनाले स्थानीय दलित समुदायलाई स्तब्ध बनाएको छ। उनीहरूले समेत पाठकमाथि कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन्। यस घटनाबारे राष्ट्रिय दलित आयोगलाई समेत जानकारी गराइएको पिडित पक्षले जनाएको छ।
कसुरदारले गरेको कसुर ठहर भएका के हुन्छ सजाय ?
७. सजायाः (१) कसैलेदेहायको कसूर गरेमा देहाय बमोजजम सजाय हनुेछाः–
(क) दफा ४ को उपदफा (२), (३), (४), (५), (६) वा (७) बमोजजमको कसूर गनेव्यजिलाई तीन महहनादेजख तीन वष सम्म कैद र पचास हजार रुपैयाँ देखि दुई लाख रुपैयाँसम्म जरिबाना,
(ख) दफा ४ को उपदफा (८), (९), (१०), (११), (१२) वा (१३) बमोजजमको कसूर गने व्यजिलाई दईु महिना देखि दईु वषसम्म कैद र बीस हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिबाना,
(ग) जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव गर्न मद्दत गने, दरुुत्साहन गने, उक्साउने वा त्यस्तो काय गर्न उद्योग गने व्यजिलाई मुख्य कसूरदारलाई हनुेसजायको आधा सजाय ।
(१क) दफा ४ बमोजजमको कुनैकसूरमा सजाय पाएको व्यजिले पनुाः सोही दफा बमोजजमको कसूर गरेमा त्यस्तो व्यजिलाई पटकै हपच्छे
उपदफा (१) को खण्ड (क) वा (ख) मा उजल्लजखत सजायको दोब्बर सजाय हनुेछ ।
(२) सार्वजनिक पद धारण गरेको व्यक्तिले उपदफा (१) बमोजिमको कसूर गरेमा निजलाई सो उपदफामा उल्लेखित सजायमा पचास प्रतिशत थप सजाय हुनेछ ।






