धादिङ – त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा आयोजना गरिएको गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

तिजको अवसरमा मौलिक संस्कृति झल्कने तथा सन्देशमुलक गितहरुलाई प्रतिस्पधा गराईएको प्रतियोगितामा चिसापानी आमा समुह त्रिपुरा सुन्दरी वडा नं ५ प्रथम, चण्डेश्वरी लगनशिल कृर्षी समुह द्धितिय र सिउरेनी आमा समुह तृतिय स्थान हाँसिल गरेको थियो । कुल २४ समुहको सहभागीता रहेको  प्रतिगयोगितामा उपस्थित रहेको सबै समुहलाई पुरस्कारको व्यावस्था गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख राजु उप्रेतिले यस्ता प्रतियोगिताले समाजमा रहेकाे बिकृति बिसंगतिहरू न्युनिकरण गर्दै महिला सशक्तीकरणमा ठूलो टेवा पुग्ने बताउनुभयाे। गाँउपालिकामा रहनुभएको महिला दिदी बहिनीसंग प्रत्यक्ष भेटघाट गरेर सल्लाह सुझाव लिन नसकेपनि आजको प्रस्तुतिले धेरै हौसला प्रदान गरेको बताउनुभयो ।

महिलाको नेतृत्वले समाज परिवर्तन गरेको कुरा उल्लेख गर्दै अव तपाई आमा दिदी बहिनीले नेतृत्व लिनेबेला आएको भन्दै गाँउपालिकाको धेरै शाखाहरुको नेतृत्व महिलाहरुलाई दिएको र सफलताका साथ कार्य सम्पन्न गरेको त्रिपुरा सुन्दरी गाँउपालिकाका उपाध्यक्ष देवराज धरेलले बताउनु भयो ।त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा आयोजित गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता को नियम बारे जानाकारी दिनुहॅुदै निर्णयक मण्डलका संयोजक ,चर्चित कार्यक्रम संन्चालक, समाजसेवी लायन्न्सअन्तराष्ट्रीया डिस्ट्रीक्ट 325 i का जोन चियर पर्सन तथा राष्ट्रीय लोक तथा दोहोरी गीत्प्रतिष्ठान वागती प्रदेश का नेपालका प्रथम उपाध्यक्ष कृष्ण प्र ढ्काल शिशिर को सम्योजकत्वमा छनौट गरिएको हो ।

त्रिपुरा सुन्दरी गाउँपालिकाको उपप्रमुख देवराज धरेलको सभापतित्व तथा गाउँपालिकाका प्रमुख  राजु उप्रेतीको प्रमुख आतिथ्यता तथा वडा अध्यक्षहरु पालिकाका कर्मचारीहरु स्थानीय जनप्रतिनिधि, कर्मचारी, महिला समूह र समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0