धादिङ , कार्तिक १४,२०८२
ज्वालामूखी गाउँपालिका–४, ढोला पुर्सू स्थित बराहकालिका माध्यमिक विद्यालय धादिङमा कक्षा १० का विद्यार्थी, अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८२ कार्तिक १४ गते शुक्रबार आयोजित सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् ज्वालामूखी गाउँपालिकाका कार्यपालिका सदस्य श्रीराम शाहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद अर्याल, कक्षा १० का अध्यापनरत शिक्षक, विद्यार्थी र उनीहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तथा माध्यमिक विज्ञान शिक्षक दिलकुमार श्रेष्ठले विद्यार्थीहरूको हालको शैक्षिक अवस्था, सुधारका तत्कालीन रणनितिहरू र भावी कार्यदिशाबारे विस्तृत जानकारी गराएका थिए। उनले त्रिकोणात्मक अन्तरक्रिया (विद्यार्थी–शिक्षक–अभिभावक) ले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

विद्यालयका सूचना अधिकारी अर्जुन सिंखडाका अनुसार कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकका जिज्ञासा तथा सुझावहरू विद्यालयका प्रधानाध्यापक शिवप्रसाद अर्यालले सम्बोधन गरेका थिए। उनले विद्यालयले गत वर्ष गाउँपालिकाबाट आर्थिक वर्ष २०८२/८३ को बजेट समापन कार्यक्रम तथा १५ औँ गाउँ अधिबेशनबाट प्राप्त ‘उत्कृष्ट विद्यालय’को (मान्यता) सम्मान यस वर्ष पनि कायम राख्ने प्रतिबद्धता जनाउँदै गुणस्तरीय शिक्षाको लागि कुनै पनि मूल्य चुकाउन पछि नपर्ने बताए। साथै, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा ३.७० GPA वा सोभन्दा माथि प्राप्त गर्ने विद्यार्थीहरूलाई आफ्नै व्यक्तिगत तर्फबाट प्रतिविद्यार्थी रु. १०,००० का दरले पुरस्कार प्रदान गर्ने घोषणा पनि गरे।

कार्यक्रमको समापन सत्रमा सभाध्यक्ष श्रीराम शाहले SEE मा ४.०० GPA हासिल गर्ने विद्यार्थीहरूलाई ज्वालामूखी गाउँपालिका–४ वडा कार्यालयले बाजा सहित सम्मान गर्ने घोषणा गर्दै कार्यक्रम सम्पन्न भएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0