धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाबाट अवैध रूपमा क्रिस्टल क्वार्ट्ज (Crystal Quartz) जस्तो देखिने पदार्थ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा शंकास्पद व्यक्तिहरूको खानतलासी गर्दा करिब १७ किलो ७४ ग्राम तौल बराबरको क्रिस्टल क्वार्ट्ज जस्तो देखिने पदार्थ फेला पारी बरामद गरेको हो।
बरामद गरिएको उक्त पदार्थसहित पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि खानी तथा भूगर्भ विभाग, लैनचौर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जिल्ला धादिङ, रुबीभ्याली गाउँपालिका वडा नं. ४ का वर्ष २० का सन्चा तामाङ, र वडा नं. ५ का वर्ष ६६ का मेघा तामाङ रहेका छन्।
अवैध रूपमा खनिज पदार्थ संकलन तथा ओसारपसार गरेको आरोपमा उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
धादिङमा क्रिस्टल क्वार्ट्जसहित रूवीभ्यालीका दुई जना पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






