बद्री पौडेल

काभ्रे , धुलिखेल

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५–आई, नेपालको ऐतिहासिक तेस्रो क्याबिनेट बैठक माघ १६ र १७ गते काभ्रेपलाञ्चोकको सुन्दर पर्यटकीय नगरी धुलिखेलस्थित नगरपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

बैठक Past International Director लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा LCIF Area Leader लायन राजन लम्साल, PDG लायन रामबहादुर बसेल, पूर्व डिष्ट्रिक्ट गभर्नर लायन इन्दु लम्साल, डिष्ट्रिक्ट ३२५ एफका गभर्नर केशरबहादुर भण्डारीलगायतका विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

डिष्ट्रिक्ट ३२५–आईका पदाधिकारी, विभिन्न लायन्स क्लबका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू गरी करिब ८०० जनाको सहभागिता रहेको बैठक नेपालकै एक मात्र महिला डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा छोटो मन्तव्य राख्दै प्रमुख अतिथि पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीले “लायन्स भनेको पद होइन, निरन्तर सेवा र उदाहरणीय नेतृत्व हो” भन्दै सेवामूलक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

त्यसैगरी धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले स्थानीय तह र लायन्सबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै “यस्ता सेवामूलक गतिविधिले समुदायमा सकारात्मक परिवर्तन ल्याउँछन्” भने।

लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशन (LCIF) का एरिया लिडर लायन राजन लम्सालले “संगठित प्रयास र पारदर्शिताले लायन्सको विश्वसनीयता अझ बढेको छ” भन्ने धारणा राखे भने डिष्ट्रिक्ट ३२५ एफका गभर्नर केशरबहादुर भण्डारीले “डिष्ट्रिक्टहरूबीचको सहकार्यले लायनवादलाई अझ बलियो बनाउँछ” भन्दै बैठकको प्रशंसा गरे।

बैठकको समापन अवसरमा अध्यक्ष तथा डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेले ऐतिहासिक तेस्रो क्याबिनेट बैठक सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण आयोजक, होस्ट क्लब, लिडर तथा सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नु भयो

स्थापना कालदेखि नै सेवा र नेतृत्वमार्फत उत्कृष्ट छाप छोड्दै आएका होस्ट क्लबहरू— लायन्स क्लब अफ काठमाडौँ रञ्जना, रक्तदाता समूह, टेम्पल पिस काभ्रे, पूर्व क्षितिज काभ्रे, इन्द्रेश्वर, महाचण्डेश्वरी, गोसाइँथान, बेथानचोक तथा नमोबुद्धलाई सफल आयोजनको जिम्मेवारी बहन गरेकोमा विशेष धन्यवाद ज्ञापन गरिन्।

डिष्ट्रिक्ट गभर्नर पाण्डेले टाढा–टाढाबाट सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, लायन्स लिडर तथा सदस्यहरूको लगनशीलता, समर्पण र उत्कृष्ट टिमवर्कप्रति उच्च सम्मान व्यक्त गरिन्।

कार्यक्रम सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने डिष्ट्रिक्ट चिफ लायन भोला थापा, कार्यक्रम संयोजक डिस्ट्रिक्ट को–अर्डिनेटर लायन धीरज श्रेष्ठ, किटब्याग व्यवस्थापन संयोजक लायन राजु कार्की र लायन केदार न्यौपाने, रजिस्ट्रेशन संयोजक लायन पूर्णबहादुर कार्की, स्मारिका व्यवस्थापनमा विशेष योगदान पुर्‍याएका लायन प्रल्हाद शर्मा हुमागाईं, डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफद्वय लायन रामप्रसाद ढकाल र लायन गीता सापकोटा, जोन चेयरपर्सनद्वय लायन नवराज अधिकारी र लायन शालिग्राम सापकोटालगायत सम्पूर्ण आयोजक टिमप्रति उनले अन्तरहृदयदेखि आभार प्रकट गरिन्।

साथै, सबै होस्ट क्लबका अध्यक्ष तथा सम्पूर्ण सदस्यहरूलाई यस ऐतिहासिक कार्यक्रमका प्रतिनिधि पात्र बन्न सफल भएकोमा बधाई दिँदै उनले “Serve, Lead and Rise” मूल नारालाई आत्मसात् गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक सेवा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0