धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटारमा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दिउँसो करिब ४:०० बजे स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायण पूजा भइरहेका बेला घर नजिकै चट्याङ परेको थियो। उक्त पूजामा पाहुनाको रूपमा आएका व्यक्तिहरू चट्याङ लागेर घाइते भएका थिए।

घटनाबारे इलाका प्रहरी कार्यालय आरुघाट मा साँझ ५:५० बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सल्यानटारबाट प्रहरी टोली खटिएको थियो। घटना स्थल सल्यानटारबाट करिब ९/१० किलोमिटर उत्तरतर्फ पर्छ।

चट्याङ लागेर घाइते भएकी शहीद लखन गाउँपालिका–८ निवासी कृष्ण घर्ती मगरकी करिब १३/१४ वर्षीया छोरी विनिसा घर्ती मगरलाई उपचारका लागि आरुघाट स्वास्थ्य केन्द्र लगिएकोमा साँझ ५:१४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

यसैगरी, विनिसाकै करिब १५ वर्षीया बहिनी दिक्षा घर्ती मगर सामान्य घाइते भएकी छन्। त्यस्तै भीमसेन थापा गाउँपालिका–६ निवासी २४ वर्षीय बिरेन्द्र थापा मगर पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0