धादिङ, १३ फागुन
नेपाली कम्युनिस्ट पार्टी धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार राम बहादुर भण्डारीले चुनावी भेटघाट तथा मतदाता संवाद कार्यक्रमलाई तीव्रता दिएका छन्।
रुवीभ्याली र खनियावास गाउँपालिकाका मतदातामाझ सक्रिय रूपमा घरदैलो तथा छलफल कार्यक्रम गर्दै आउनुभएका उम्मेदवार भण्डारीले आगामी फागुन १५ र १६ गते नेत्रावती डबजोङ गाउँपालिका मा मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।
पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १५ गते बिहान ८ बजेदेखि किन्ताङ फेदीबाट सुरु हुने अभियान शिव मन्दिर, सापटारी, चापकुना, पन्तटार, राम्चे, निमार्चोक, लामीडाँडा, पोल्चेत, थला, धारापानी, मार्पाक, पोखरा, ताङजोमाने, धाराधिरी, केउरा, माउत, टिकाढुङ, सेमजोङ, चौतारा र गैरा लगायतका स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष छलफल गरिने जनाइएको छ।
त्यसैगरी फागुन १६ गते वडा नम्बर ४ र ५ का विभिन्न टोलमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ।
पार्टीले स्थानीय विकास, पूर्वाधार विस्तार, खानेपानी व्यवस्था, कृषि तथा पर्यटन प्रवर्द्धन र सडक सुधारलाई प्रमुख प्राथमिकतामा राख्दै मतदातासँग समर्थन माग्ने जनाएको छ। उम्मेदवार भण्डारीले टोलस्तरका भेटघाट र घरदैलो कार्यक्रममार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्ने तयारी गरिएको उनको सचिवालयले जनाएको छ।
धादिङ–२: भण्डारीको दुईदिने मतदाता भेटघाट अभियान नेत्रावती डबजोङमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






