मुस्ताङ, २२ फागुन
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ। उहाँले ३ हजार ३०७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई १ हजार ५०४ मतान्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एमाले उम्मेदवार विष्टले १ हजार ८०३ मत प्राप्त गर्नुभएको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गर्नुभएको छ।
अन्य उम्मेदवारतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १६१ मत, नेपाल कम्युनिष्ट पार्टीका **ङुटुक गुरुङ (टाईगर)**ले १५१ मत, उज्यालो नेपाल पार्टीका डा. सुरेन्द्र शेरचनले ८५ मत, आम जनता पार्टीका अजय विकले ९ मत तथा मङ्गोल नेशनल अर्गानाइजेशनका यमबहादुर गुरुङले ३ मत प्राप्त गर्नुभएको छ।
मुस्ताङ जिल्लाका पाँच स्थानीय तहअन्तर्गत रहेका ३९ मतदान केन्द्रमा कुल ११ हजार ३२८ मतदाता रहेकोमा ६ हजार २९८ मत खसेको थियो। जसमध्ये १०७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।






