काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रतिवेदन बुझाएको हो । आयोगका अध्यक्ष कार्की नेतृत्वको टोली प्रतिवेदन बोकेको ठेलीसहित प्रधानमन्त्री कार्यालय पुगेको थियो ।

सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आयोग गठन गरेको थियो । असोज ५ गते गठन भएको उक्त आयोगलाई प्रारम्भमा तीन महिनाको समयसीमा दिइएको थियो ।

आयोगले आन्दोलनका क्रममा भएका घटनाहरू, क्षति तथा जिम्मेवारीका विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारेको जनाएको छ । अब उक्त प्रतिवेदनको अध्ययनपछि सरकारले आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0