धादिङ, धादिङ बेसी

नीलकण्ठ नगरपालिका वडा नं. ३ को बीचबजारस्थित त्रिवेणी टोलमा रहेको पुरानो कुवा अव्यवस्थित अवस्थामा रहेको पाइएको छ। लामो समयदेखि प्रयोग हुँदै आएको उक्त कुवाको व्यवस्थापन नहुँदा स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
स्थानीयका अनुसार यो कुवा २०२८ सालतिर पुरानो धादिङ सुनौलाबजारबाट सदरमुकाम धादिङबेसी झरेपछि  बढी प्रयोगमा आएको हो। पछि सोही स्थानमा धारा निर्माण गरी खानेपानीको व्यवस्था गरिएको थियो। लामो समय खानेपानी कार्यालयमा कार्यरत रहनुभएका स्थानीय नारायण श्रेष्ठका अनुसार कुवा विगतदेखि नै बस्तीका लागि महत्वपूर्ण पानीको स्रोतको रूपमा प्रयोग हुँदै आएको छ।
२०७५/०७६ साल तिर नीलकण्ठ न पा  र स्थानीयको सहयोगमा कुवा नजिकै सामुदायिक भवनसमेत निर्माण गरिएको थियो। हाल सामुदायिक भवन कवाडी संकलन केन्द्र बनेकाे छ । तत्कालीन त्रिवेणी टोल समाजका अध्यक्ष टेकजङ लामा भन्छन्, “आफू अध्यक्ष हुँदा सामुदायिक भवन निर्माणको काम सुरु गरिएको थियो। हाल आफुले टोल बिकास समिति छोडेपछि त्यसपछिका गतिविधिबारे आफूलाई धेरै जानकारी छैन।”

त्रिवेणी टोलका स्थानीय लिला श्रेष्ठका अनुसार करिब २१/२२ आना सार्वजनिक जग्गामा रहेको उक्त क्षेत्र हाल घटेर करिब ११/१२ आना मात्रै बाँकी रहेको देखिन्छ। उक्त स्थान धार्मिक तथा सामाजिक रूपमा पनि महत्वपूर्ण मानिन्छ। बीचबजारमा कसैको निधन भएपछि क्रियापुत्रीहरूले यहीँको धाराको पानी प्रयोग गर्ने चलन रहेको स्थानीयले बताए।
तर हाल कुवा भित्र झण्डै ५५ वटा पानी तान्ने मोटर राखिएको पाइएको छ। धेरै मोटरहरू एउटै स्थानमा प्रयोग गर्दा बेला–बेला करेन्ट जुध्ने, एमसिबी (MCB) झर्ने तथा करेन्ट लाग्ने जोखिम समेत बढेको स्थानीयको भनाइ छ। यसरी एकै स्थानमा धेरै माेटरहरू हुदा बिधुत सट हुन गई दुर्घटना हुन सक्ने जाेखिम समेत रहेकाे छ ।
२०३५ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आउनुभएका नारायण श्रेष्ठका अनुसार पहिले कुवा देखि अरूण खाेलासम्म पानी जाने खाेल्सी रहेकाे हाल अधिकरण गरिएकाे समेत बताउनु भयाे । यस्तो पवित्र र ऐतिहासिक स्थानलाई व्यवस्थित बनाउन स्थानीय सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
स्थानीयवासीले कुवाको संरक्षण, सुरक्षा तथा व्यवस्थित व्यवस्थापन गर्न तत्काल पहल गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0