काठमाडौँ, ३० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ।
पार्टी सभापति रवि लामिछाने को निर्देशनअनुसार बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकको समय र स्थान भने अझै तय भएको छैन।
बैठकमा समानुपातिक उम्मेदवार सिफारिसका विषयमा छलफल हुने बताइएको छ। साथै पार्टीको विधान संशोधन, विविध समसामयिक विषय तथा वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्री बनाउने सम्भावनाबारे समेत छलफल हुन सक्ने जनाइएको छ।






