धादिङ , १२ चैत्र २०८२

चैते दशैंको अवसर पारेर शितल छहारी नेपालले स्वाबलम्बी बहिरा विद्यालयलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ। संस्थाले खाद्यान्न, स्टेशनरी, खेलकुद सामग्रीसँगै २/२ हजार लिटर क्षमताका दुई वटा पानी ट्याङ्की (ड्रम) प्रदान गरेको हो।

उक्त सहयोग कार्यक्रम COIN e.V. जर्मनी र शितल छहारी नेपालको संयुक्त पहलमा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण बद्री पौडेलले शितल छहारीले धादिङका विभिन्न विद्यालय तथा समुदायमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा संस्थाका सचिव अमित पौडेल, सदस्य प्रशान्त ढुंगाना, सदस्य विजय पौडेल तथा पैरवी अनलाइनका सम्पादक गर्भे मिजारको आतिथ्यता रहेको थियो। हस्तान्तरण कार्यक्रममा विद्यालयका विद्यार्थी र शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमका क्रममा अध्यक्ष पौडेलले विद्यालयकी शिक्षिका निता कट्टेल अधिकारीलाई सामग्री हस्तान्तरण गरेका थिए।

विद्यालय प्रशासनले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको दैनिक जीवन र अध्ययनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0