काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा निर्वाचित सांसद हर्क साङ्पाङले प्रतिपक्ष दलप्रति देखाइने असहिष्णु व्यवहारप्रति आपत्ति जनाएका छन्। उनले लोकतान्त्रिक प्रणालीमा प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रश्न सोध्दा वा स्पष्टीकरण माग्दा आक्रोशित हुनु उचित नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साङ्पाङले भनेका छन्, “प्रतिपक्षले बोल्दा रिसाउने तिमी को हौ ? प्रतिपक्ष दलको नेताले तिम्रा पार्टीका सरकारले गरेको कामबारे प्रश्न तेर्साउँदा र स्पष्टीकरण माग्दा रिसाउने तिम्रो लोकतन्त्र कस्तो ?”
उनको भनाइले सरकारप्रति आलोचनात्मक आवाजलाई दबाउने प्रवृत्तिमाथि प्रश्न उठाएको छ। उनले लोकतन्त्रमा सरकारलाई जवाफदेही बनाउन प्रतिपक्षको भूमिका अपरिहार्य हुने भन्दै आलोचनालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।
राजनीतिक वृत्तमा साङ्पाङको अभिव्यक्तिलाई लोकतान्त्रिक अभ्यासको पक्षमा गरिएको हस्तक्षेपका रूपमा हेरिएको छ। उनले सरकार र सत्तारुढ दललाई आलोचना सहन सक्ने क्षमता विकास गर्न पनि सुझाव दिएका छन्।
हाल सामाजिक सञ्जालमा उनको यो भनाइ चर्चामा रहेको छ र विभिन्न तहबाट समर्थन तथा प्रतिक्रिया आइरहेका छन्।
प्रतिपक्षप्रति आक्रोश देखाउनु लोकतन्त्रको मूल्यमाथि प्रश्न : हर्क साङ्पाङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






