काठमाडौं – चिकित्सा क्षेत्रका विज्ञ डा. गोविन्द केसीले देशभरका नागरिक र युवा कार्यकर्तालाई सचेत गराउँदै, सडक आन्दोलनमा अराजक गतिविधि नफैलाउन आग्रह गरेका छन्।

डा. केसीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् कि “जसरी जनताले रास्वपालाई आफ्नो जनमत दिएका छन्, त्यसरी नै सडक आन्दोलनमा उत्रिएका नेकपा एमालेका अराजक समर्थक विरुद्ध घन्टीमा भोट हाल्ने एकचौथाई मान्छे मात्रै सडकमा उत्रिए भने यी समर्थकहरूले ‘ऐय्या पानी पानी’ पनि भन्न पाउने छैनन्।”

उनले समयमै सचेत रहन सबैलाई आग्रह गर्दै भनेका छन् कि सरकारलाई आफ्ना काम गर्न दिऔँ, अदालत र प्रहरी प्रशासनलाई आफ्नो काम गर्न दिऔँ, र हामीले सहयोग गर्ने तर बाधा नपुर्यउने  भुमिका खेलौं।

डा. केसीले जोड दिएका छन्, “नेपाल बन्छ, हाम्रै पालामा बन्छ।” यस सन्देश मार्फत उनी देशभरका नागरिकमा जिम्मेवार र विवेकपूर्ण व्यवहार अपनाउने चेतना जगाउने प्रयासमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0