काठमाडौं , २० चैत २०८२

प्रतिनिधि सभाको सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका अर्यालको उम्मेदवारी शुक्रबार दिउँसो २ बजेसम्मको समयसीमाभित्र एकल रूपमा दर्ता भएपछि उनी निर्विरोध चयन भएका हुन्।

धादिङको मैदीमा जन्मिएका अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

सभामुख पदका लागि अन्य कुनै दल वा सांसदबाट उम्मेदवारी नपरेपछि अर्यालको निर्वाचन प्रक्रिया सहज बनेको हो। अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको  बैठकमा

उनको नाम औपचारिक रूपमा प्रस्तावका रूपमा पेश गरिनेछ। उक्त प्रस्ताव संसदबाट पारित भएपछि सभामुखका रूपमा उनको निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ।

अर्यालको निर्विरोध चयनसँगै संसदमा नयाँ नेतृत्वको सुरुवात हुने अपेक्षा गरिएको छ। यसले संसद सञ्चालन, दलहरूबीचको समन्वय तथा विधेयक प्रक्रिया थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0