धादिङ , ४ बैशाष २०८३

लायन्स ईन्टरनेश्नल डिष्ट्रीक ३२५ आई अन्तर्गतको  लायन्स क्लब अफ धादिङ मण्डलीको लायन वर्ष २०२६/२०२७ का लागि नयाँ नेतृत्व चयन गरिएको छ। सम्पन्न निर्वाचन कार्यक्रमबाट अध्यक्षमा लायन हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

निर्वाचन अनुसार प्रथम उपाध्यक्षमा लायन इस्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन दिपक ईटनी, सचिवमा लायन प्रदिप ढकाल र कोषाध्यक्षमा लायन दिपक रेग्मी चयन भएका छन्। नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

क्लबका अध्यक्ष लायन महेश रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ नम्बर रिजनका रिजन चेयरपर्सन कृष्ण बद्री पौडेल प्रमुख अतिथिको रुपमा सहभागी थिए। त्यसैगरी जोन १२ का जोन चेयरपर्सन कृष्ण प्रसाद ढकाल विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए।

कार्यक्रममा लायन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष लायन बद्री अधिकारी, लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष लायन बिक्रम बि.क., लायन वर्ष २०२६/२०२७ का लागि धादिङ भैरबीका अध्यक्ष लायन प्रकाश सापकोटा तथा काठमाडौं सुर्यमुखीका अध्यक्ष लायन राजाराम रिजाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले लायन्स क्लबको उद्देश्य, सामाजिक सेवामा यसको योगदान तथा सेवाभावको महत्वबारे प्रकाश पार्दै नयाँ कार्यसमितिलाई सक्रिय र परिणाममुखी भएर काम गर्न सुझाव दिएका थिए।

क्लबले आगामी दिनमा समाजसेवा, मानव सेवा तथा समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0