१७ किलो गाँजा र २ किलाे चरेशसहित तीन जना पक्राउ
धादिङमा मध्यराति प्रहरी अपरेशन, नगद र मोबाइल पनि बरामद
धादिङ, — धादिङको गल्छी गाउँपालिका–७ बाट प्रहरीले १७ किलो ४१० ग्राम गाँजा र २ किलो ५० ग्राम चरेश जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ। आइतबार राति करिब ११:३० बजे विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त परिमाणको लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी गल्छीबाट खटिएको टोलीले स्थानीय संगम श्रेष्ठ (३२) को घरमा बसिरहेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिका–१० का २१ वर्षीय छोटु भन्ने कला मुद्दिम अन्सारी र ३५ वर्षीय साहिद अलीलाई दुई वटा सुटकेससहित शंकास्पद अवस्थामा फेला पारेको थियो। त्यसपछि कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा सुटकेसभित्र १२ पोका गाँजा जस्तो देखिने पदार्थ र अलीले बोकेको कालो झोलाभित्र २ पोका चरेश जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
खानतलासीकै क्रममा उनीहरूको साथबाट नगद रु. १६ हजार र दुई थान मोबाइल समेत बरामद गरिएको छ। बरामद सामग्री तौल गर्दा १७ किलो ४१० ग्राम गाँजा र २ किलो ५० ग्राम चरेश जस्तो देखिने पदार्थ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनापछि संगम श्रेष्ठ, साहिद अली र कला मुद्दिम अन्सारीलाई तत्काल पक्राउ गरी लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दायर गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
१७ किलो गाँजा र २ किलाे चरेशसहित तीन जना पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






