धादिङ , ढोला :- ७ बैशाष
जिल्लाको ज्वालामुखी–४ स्थित कालिकास्थान नजिकै रहेको ठूलो रूख हावाहुरीका कारण अचानक ढलेर लाग्दा स्थानीय सन्दिप गरौजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ , हावाहुरीसँगै आएको तीव्र हावाले रूख उखेलेर ढालेपछि नजिकै रहेका गरौजा गम्भीर घाइते भएका थिए।
स्थानीयका अनुसार घटना लगत्तै उद्धारको प्रयास गरिए पनि उनको ज्यान जोगाउन सकिएको थिएन। घटनापछि गाउँमा त्रास फैलिएको छ भने हावाहुरीले केही स्थानमा थप क्षति पुर्याएको जानकारी प्राप्त भएको छ।
यसैबीच, स्थानीय प्रशासनले हावाहुरी तथा वर्षाको समयमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।






