धादिङ, वैशाख — विश्वभर “Veterinarians: Guardians of Food and Health” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व भेटेरिनरी दिवस मनाइएकाे छ। यसै अवसरमा धादिङमा पनि पशु सेवा कार्यालयले विशेष कार्यक्रम आयोजना गर्दै १५ जना सरकारी तथा निजी क्षेत्रका पशुचिकित्सक र पशु प्राविधिकलाई सम्मान गरेको छ।
पशुपन्छी तथा मत्स्य विकास क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको पशु सेवा कार्यालय धादिङले जनाएको छ। सम्मानित हुनेहरूमा कार्यालयमा कार्यरत पुन्यवती खकुराल, सन्तोष श्रेष्ठलगायत रहेका छन्।
कार्यक्रममा बोल्दै वक्ताहरूले पशुचिकित्सक तथा प्राविधिकहरू केवल पशुपन्छीको उपचारमा मात्र सीमित नभई खाद्य सुरक्षा, जनस्वास्थ्य संरक्षण तथा ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने गरेको उल्लेख गरे। उनीहरूले “एक स्वास्थ्य” अवधारणालाई प्रवर्द्धन गर्न समेत निरन्तर योगदान दिँदै आएका छन्।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी, पशुपन्छी विकास निर्देशनालय हेटौँडाका निर्देशक, पशु सेवा कार्यालय धादिङका कर्मचारी तथा सहभागीहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेको थियो।
विश्व भेटेरिनरी दिवस प्रत्येक वर्ष अप्रिल महिनाको अन्तिम शनिबार मनाइने गरिन्छ, जसले पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने लक्ष्य राख्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0