धादिङ, वैशाख १३ — धादिङबाट सञ्चालित होराईजन खबर डटकमले आगामी वर्ष २०८३ का लागि भित्तेपात्रो सार्वजनिक गरेको छ। आइतवार नेपाल पत्रकार महासंघ धादिङको सभाहलमा आयोजित एक विशेष समारोहका बीच भित्तेपात्रो विमोचन गरिएको हो।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले सरकारले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने नीति अवलम्बन गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले यस्तो विभेदकारी नीतिले निजी सञ्चार माध्यमहरू थप संकटमा परेको र समग्र सञ्चार क्षेत्र नै प्रभावित भएको उल्लेख गर्नुभयो।
सो अवसरमा अनलाइन मिडिया सोसाइटीका अध्यक्ष केशव अधिकारी, रेडियो बिहानीका स्टेशन म्यानेजर निर तामाङ तथा नेपाल रेडक्रस सोसाइटी धादिङका उप–मन्त्री मिम्बा तामाङ लगायतले आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले स्थानीय सञ्चार माध्यमको विकास, प्रभावकारी सूचना प्रवाह र समाजमा सकारात्मक प्रभाव पार्ने यस्ता गतिविधिको प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गरेका थिए।
होराईजन खबर डटकमको भित्तेपात्रो २०८३ सार्वजनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






