धादिङ, २७ वैशाख ।
धादिङ अस्पतालमा सञ्चालन गरिएको आङ खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमार्फत कुल १२ जना सेवाग्राहीको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
शिविर समापन कार्यक्रममा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. त्रिभुवनचन्द्र झा ले शल्यक्रिया कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. सुरेन्द्र भट्ट तथा विशेषज्ञ युरो–गाइनोकोलोजिस्ट डा. प्रशान्त श्रेष्ठ प्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले अस्पतालको गाइनोकोलोजिस्ट टिम, एनेस्थेसिया टिम, अपरेशन थिएटर टिम, स्त्री तथा प्रसूति विभाग लगायत सम्पूर्ण विभागका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो ।
धादिङ अस्पतालले शिविर सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी तथा सहयोगी प्रति धन्यवाद व्यक्त गरेको छ ।
धादिङ अस्पतालमा आङ खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






