धादिङ — जिल्लाको गल्छी गाउँपालिका–०७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
मंगलबार करिब दिउँसो १२:४० बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ग १ प २०७ नम्बरको पर्यटक माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको कार आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै सवारी साधनमा सवार ७ जना घाइते भएका छन्। घाइतेहरूको गल्छीस्थित बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार दुवै सवारी साधन र माइक्रो चालक नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घाइतेहरूको विवरण:
१. काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बस्ने ५७ वर्षीय टोप बहादुर कार्की (कारमा सवार)
२. सोही स्थानकी ५४ वर्षीया लक्ष्मी कार्की (कारमा सवार)
३. चितवन भरतपुर महानगरपालिका–११ बस्ने ५७ वर्षीय लेख बहादुर गुरुङ (माइक्रोमा सवार)
४. काठमाडौँ महानगरपालिका–७ बस्ने २८ वर्षीया रुस्मिता थापा (कारमा सवार)
५. सोही स्थानकी ५४ वर्षीया मिना बुढाथोकी (कारमा सवार)
६. सोही स्थानका ६० वर्षीय लोक बहादुर बुढाथोकी (कार चालक)
७. धादिङ थाक्रे गाउँपालिका–२ बस्ने १७ वर्षीया दिपिका रिजाल (माइक्रोमा सवार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0