बद्री पौडेल , धादिङ बेसी ,  २९ जेठ २०८३

रोटरी क्लब अफ धादिङका पूर्व अध्यक्ष, समाजसेवी तथा सफल व्यवसायी रोटरियन नवीनकुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा आमाको मायाको छात्रावासमा आश्रित बालबालिकाहरूका लागि खाद्यान्न सामग्री सहयोग प्रदान गर्नुभएको छ।

धादिङको नीलकण्ठ नगरपालिका–३ निवासी श्रेष्ठले जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै छात्रावासका बालकहरूको हितका लागि खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको हो। उहाँको यस सहयोगप्रति छात्रावास परिवारले आभार व्यक्त गर्दै जन्मदिनको शुभकामना समेत दिएको छ।

सहयोग ग्रहण कार्यक्रममा बोल्दै आमाको मायाको छात्रावासका अध्यक्ष डा. नवीनबन्धु पहाडीले जन्मदिन, वैवाहिक वर्षगाँठ तथा आफ्ना प्रियजनहरूको सम्झनामा गरिने अनावश्यक खर्चलाई समाजसेवामा रूपान्तरण गर्ने कार्य अनुकरणीय रहेको बताउनुभयो। उहाँले नवीनकुमार श्रेष्ठको सहयोगी भावनाले अन्य व्यक्तिहरूलाई समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

डा. पहाडीले रोटरीको मूल उद्देश्य नै समाजमा पछाडि परेका, कम अवसर प्राप्त गरेका तथा आवश्यकतामा रहेका व्यक्तिहरूको सेवामा समर्पित हुनु रहेको उल्लेख गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बक

सामाजिक सेवाप्रति समर्पित श्रेष्ठले आफ्नो विशेष दिनलाई अर्थपूर्ण बनाउँदै बालबालिकाको हितका लागि सहयोग गरेको भन्दै स्थानीय समुदायले उहाँको कार्यको प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0