बिश्वास सिल्वाल , धादिङ बेसी , ३० जेठ २०८३

गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारण सभा धादिङबेसीमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका अनुभवी गणित शिक्षक उत्तम भट्ट परिषद्को अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चेतनारायण श्रेष्ठ, सचिवमा प्रकाश भण्डारी, सहसचिवमा रमेश गुरुङ तथा कोषाध्यक्षमा अनुप कोइराला चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा चित्र गुरुङ, कृष्णनारायण श्रेष्ठ, राधिका सिंखडा, सोमनाथ पाठक, किरण गुरुङ र नारायण सुवेदी रहनुभएको छ।

निवर्तमान अध्यक्ष प्रयास रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष डा. रमेश अवस्थी तथा नीलकण्ठ बहुमुखी क्याम्पसका गणित विभाग प्रमुख हरि लम्सालको विशेष उपस्थिति रहेको थियो।

अधिवेशनका क्रममा जिल्लाभरिका गणित शिक्षकहरूको पेशागत विकास, गणित शिक्षामा देखिएका चुनौती, तथा शिक्षण सिकाइ प्रक्रियालाई समयसापेक्ष, व्यावहारिक र प्रविधिमैत्री बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष नारायणकुमार श्रेष्ठ, गणित शिक्षा परिषद् बागमती प्रदेशका सचिव रामहरी श्रेष्ठ, नेल्टा (NELTA) धादिङका अध्यक्ष दिपेन्द्र रिजाल तथा स्टान (STAN) धादिङका अध्यक्ष राजन श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यसैगरी परिषद्का संस्थापक अध्यक्ष राजकुमार थापा, पूर्व अध्यक्षहरू ध्रुव अधिकारी र बद्रीप्रसाद कोइराला लगायतका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

नवनिर्वाचित कार्यसमितिले धादिङ जिल्लामा गणित शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीमैत्री, व्यवहारिक तथा प्रविधिमा आधारित शिक्षण प्रणाली विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ , भनि चित्र  गुरुङले त्रीकोण खबरलाई जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0