धादिङ — ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५७ करोड ९० लाख ५२ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभा तथा अधिवेशनबाट नीति, कार्यक्रम र बजेट पारित गरिएको हो।


गाउँपालिकाले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ ४३ करोड ७५ लाख २ हजार २ सय रुपैयाँ र पुँजीगततर्फ १४ करोड १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १२ करोड ११ लाख, सशर्त अनुदान चालुतर्फ २२ करोड ७६ लाख तथा पुँजीगततर्फ २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै समपूरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड ३१ लाख र राजस्व बाँडफाँडतर्फ ८ करोड ५६ लाख ३७ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।


प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ११ लाख ६६ हजार, सशर्त अनुदान चालुतर्फ ८७ लाख ७१ हजार तथा पुँजीगततर्फ १ करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै प्रदेशबाट समपूरक अनुदान २ करोड, विशेष अनुदान ७० लाख र राजस्व बाँडफाँडतर्फ २ करोड १८ लाख १४ हजार १ सय २० रुपैयाँ प्राप्त हुने जनाइएको छ। गाउँपालिकाले आन्तरिक राजस्वबाट २ करोड २९ लाख ५५ हजार २ सय ८० रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।
संघीय सरकारबाट प्राप्त ५० लाख रुपैयाँ समपूरक अनुदानका लागि गाउँपालिकाले २५ लाख रुपैयाँ साझेदारी गर्ने भएको छ। त्यसैगरी प्रदेश सरकारबाट प्राप्त २ करोड रुपैयाँ समपूरक अनुदानमा गाउँपालिकाले १ करोड रुपैयाँ साझेदारी गर्ने व्यवस्था मिलाइएको छ।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार– समृद्ध ज्वालामुखीको मूल आधार’ भन्ने नारासहित गाउँसभाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूको करार अवधि थप ६ महिनाका लागि नवीकरण गर्ने निर्णयसमेत गाउँसभाले गरेको प्रमुख प्रशासकीय अधिकृत हरेराम साहले जानकारी दिए। गाउँपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0