धादिङ, असार ०९ — धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित महिला सशक्तिकरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक सदस्यको ऋण प्रक्रिया सम्बन्धी विषयलाई लिएर प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित सदस्य तथा आम समुदायसँग क्षमायाचना गरेको छ।
संस्थाले सोमबार जारी गरेको विज्ञप्तिमा नीलकण्ठ नगरपालिका–१२ निवासी सदस्य मिरा मजकाेटीले ऋणका लागि आवश्यक कागजात पेश गरेपछि प्रचलित कानुनी व्यवस्था र सहकारीको कार्यविधिअनुसार प्रक्रिया अघि बढाइएको जनाएको छ। तर उक्त प्रक्रियाका क्रममा सदस्यको आत्मसम्मानमा कुनै प्रकारको चोट वा असहजता महसुस भएको भए त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संस्थाले क्षमा याचना गरेको हो।
विज्ञप्तिमा संस्थाले सदस्यहरूको सम्मान र भावनालाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, मर्यादित तथा सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। यस्ता विषय पुनः दोहोरिन नदिन आवश्यक सुधारात्मक कदम चालिने समेत सहकारीले जनाएको छ।
संस्थाले सहकारीका मूल्य, मान्यता तथा सदस्यहरूको विश्वासलाई सदैव केन्द्रमा राखेर काम गर्ने बताएको छ। साथै, ऋण स्वीकृति तथा सेवा प्रवाहका सम्पूर्ण प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सहकारी सेवा निर्देशिका, २०६९ अनुसार आवश्यक सुधार गरिने जानकारी पनि विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।
हालै ऋण प्रक्रिया सम्बन्धी विषयलाई लिएर विभिन्न तहमा चासो व्यक्त भइरहेका बेला सहकारीले आधिकारिक धारणा सार्वजनिक गर्दै सम्बन्धित पक्षप्रति सम्मान व्यक्त गरेको हो।
सहकारीद्वारा क्षमायाचना, सेवा प्रवाह थप मर्यादित र सदस्यमैत्री बनाउने प्रतिबद्धता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
+1
+1
+1






