धादिङ, असार १०— गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ७३ करोड १५ लाख ४ हजारको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभा तथा अधिवेशनमा उपाध्यक्षद्वारा प्रस्तुत बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो।

गजुरी गाउँपालिकाको १८औँ। गाउँसभामा अध्यक्ष गणेशलाल श्रेष्ठले नीति तथा कार्यक्रम र उपाध्यक्ष शर्मिला बिसुराल ले आर्थिक वर्ष ८३/८४ को बजेट प्रस्तुत गर्नुभएको थियो।

बजेटले गाउँपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, सेवा प्रवाहको गुणस्तर सुधार, सुशासन प्रवर्द्धन तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले वडास्तरीय कार्यक्रम सञ्चालनका लागि एकमुष्ट ८ करोड रुपैयाँ विनियोजन गरेको छ भने पूर्वाधार निर्माण, सेवा प्रवाह, प्रशासन सञ्चालन तथा व्यवस्थापनका लागि ६५ करोड १५ लाख ४ हजार रुपैयाँ छुट्याएको छ।

बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाइने बताइन्। उनले बजेट कार्यान्वयनबाट गाउँपालिकाभित्र भौतिक पूर्वाधारको विस्तार, नागरिकको सेवामा सहज पहुँच, वातावरण संरक्षण, राजस्व संकलनमा वृद्धि तथा सुशासनको अनुभूति हुने विश्वास व्यक्त गरिन्।
बजेटका लागि संघीय सरकारबाट प्राप्त समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान, प्रदेश सरकारका विभिन्न अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आयलाई मुख्य स्रोतका रूपमा समेटिएको छ। बजेटमा संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँडको उल्लेख्य हिस्सा रहेको छ भने गाउँपालिकाले आन्तरिक स्रोतबाट पनि १७ करोड ५८ लाख १२ हजार ८ सय ६० रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ।
गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममार्फत विकास निर्माणका योजनालाई तीव्रता दिँदै कृषि, पूर्वाधार, सेवा प्रवाह र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।
बजेट निर्माण प्रक्रियामा सहयोग पुर्‍याउने गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न विषयगत समिति, कार्यपालिका सदस्य, राजनीतिक दल, उद्योग वाणिज्य संघ, सरोकारवाला निकाय तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्दै गाउँसभाको बैठक सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0