बिश्वास सिलवाल , २७ असार २०८३
धादिङ जिल्लाको गल्छी गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (AI-Xray) प्रविधिको प्रयोगमार्फत समुदायमा रहेका सक्रिय क्षयरोग (Tuberculosis) का बिरामीहरूको खोजपडताल तथा स्क्रिनिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत २०८३ असार २५ गते (बिहीबार) बैरेनी अस्पतालमा आयोजित शिविरमा २४५ जनाको छातीको एक्स–रे स्क्रिनिङ गरिएको थियो। स्क्रिनिङका क्रममा २ जना PCD क्षयरोगी पहिचान भएका छन् भने २७ जनाको थप पुष्टि परीक्षणका लागि खकार परीक्षण गरिएको छ।
यस्तै, २०८३ असार २६ गते (शुक्रबार) मासटार सामुदायिक भवनमा सञ्चालन गरिएको दोस्रो चरणको कार्यक्रममा २७५ जनाको AI-Xray स्क्रिनिङ गरिएको थियो। यस क्रममा २० जना शंकास्पद व्यक्तिको खकार परीक्षण गरिएको छ।

AI-Xray प्रविधिको प्रयोगले क्षयरोगको प्रारम्भिक पहिचानलाई छिटो, सहज र प्रभावकारी बनाउने भएकाले यस्ता समुदाय–आधारित स्क्रिनिङ कार्यक्रमले समयमै रोग पहिचान गरी उपचारमा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। स्थानीय स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायलाई क्षयरोगमुक्त बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।






