धादिङ, असार २८ – धादिङका किसानलाई लक्षित गर्दै कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गजुरीमा थप १०० मेट्रिक टन युरिया मल आइपुगेको छ।
शाखाले सार्वजनिक गरेको असार २८ गतेसम्मको मौज्दात विवरणअनुसार यसअघि २लाख ३४हजार .७५० किलाेग्राम युरिया मौज्दात रहेकोमा थप १सय मेट्रिक टन प्राप्त भएसँगै युरियाको कुल मौज्दात ३लाख ३४हजार .७५०किलाेग्राम पुगेको हो। शाखाका अनुसार उक्त अवधिसम्म युरिया मल बिक्री भने भएको छैन।
हाल गजुरी शाखामा डीएपी मल १२४.१०० मेट्रिक टन, पोटास २.९०० मेट्रिक टन तथा चुन ५२.९०० मेट्रिक टन मौज्दात रहेको छ। सबै प्रकारका मल गरी शाखामा कुल ५१४.६५० मेट्रिक टन मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।
कम्पनीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराइने तयारी भइरहेको छ। असार महिनामा धान रोपाइँ तीव्र भइरहेका बेला युरिया मल थपिएसँगै धादिङका किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
धादिङमा पछिल्लो समय रासायनिक मल अभावबारे किसानबाट व्यापक गुनासो आएपछि प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठले सम्बन्धित निकायसँग आवश्यक समन्वय र चासो देखाएका थिए। त्यसपछि गजुरी शाखामा थप युरिया मल भित्रिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0